June 7th, 2011
शायदै कुनै उद्योगीहरू उद्योगको संस्थागत विकास र श्रमिकहरूको हितप्रति चिन्तित हुने गरेको सुनिन्छ । आ.व. १९९८/९९ को पहिलो महिनाको गार्मेन्टको निर्यात ४१.४५ प्रतिशतले वृद्धि भयो । यसको अर्थ हो गार्मेन्टले, कार्पेटले परम्परागत रूपमा ओगटेको नं. १ निर्यातमूलक वस्तुको ठाउ“ लिन आ“ट्यो । यसमा सबैले खुसी हुन पाउनु पर्ने हो तर, श्रमिक वर्गले खुशी हुन त परै जाओस् अ“धेरामा त्रस्त भएर बा“च्नु पर्ने स्थिति पो उत्पन्न हुन गयो । सबैलाई थाहा छ- नेपालको कार्पेट उद्योगमा सामन्तवाद विद्यमान छ, व्यवसायीहरूले मध्ययुगीन शोषण गर्न छाडेका छैनन्, निर्यातमूलक उद्योग क्षेत्र हायर एण्ड फायरजस्ता तयारी पोशाक उद्योगका व्यवसायीका मागले कतै गार्मेन्ट उद्योग पनि कार्पेटको निरंकुश बाटोमा हिंडन खोजेको त होइन – भन्ने प्रश्न श्रृजना गरिरहेछ ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड Garment Udhyog Majdoor ko hit prati