December 12th, 2022
यदी दलहरु स्वतन्त्र थिए भने कुरा अर्कै हुने थियो । त्यस्तो त छैन । अहिले स्वतन्त्र दल त एमाले छ, राप्रपा र रास्वपा छ । जसपा छ । नेकाँ–माके–एस र लोसपा स्वतन्त्र छैनन्, गठबन्धनको बन्धनमा बाँधिएका छन् । जब उनीहरु बन्धन मुक्त होलान्, तब मात्रै विभिन्न समिकरणको संभावना रहन सक्छ। जनमतवालाहरु पनि गठबन्धनमा बाँधिन खोजिरहेको समाचार आइरहेका छन् । अन्यथा अङ्क गणितले हामीलाई विपक्षमा बस्ने मात्र सुबिधा छ ।