October 3rd, 2022
गठबन्धनको हिसाबमा काङ्ग्रेसको भागमा ८५ सिट पर्यो रे ।फाइन ! कति सिट जित्छ त काङ्ग्रेसले? एकजना काङ्ग्रेसी मित्रले भन्नु भयो, यस्तै ४५ सिट ! बाँकी ४० सिट कसले जित्छ त?गठबन्धनमा रहेका माओवादी, जसपा वा एस ले जित्ने कुरै भएन। एमालेले जित्छ !
यसरी काङ्ग्रेसले ४० सिट एमालेलाई छुट्याए छ ।
माओवादीको भागमा ५०/५२ सिट पर्यो रे ।ओऽऽऽके ! उसको जितको आङ्कलन कति छ, थाहा छ? मलाई एकजना माओवादी नेताले भन्नुभयो त्यस्तै ३०/३२ सिटको हाराहारी ।
हिसावमा माओवादीले एमालेलाई २० सीट छुट्याए छ ।
माधव नेपालको पार्टीको भागमा परेको भनेको १२/१५ सीटमा त्यसले कति जित्ला? एसवालाले निराश हुँदै भने खै १/२ सीट त जितिएला नी । आफ्नो गच्छे अनुसार त्यो पार्टीले पनि एमालेलाई १०/१२ सीट छुट्याए छ !
१५/१६ सीट हात पारेको जसपाका नेता उपेन्द्रको एउटा टिप्पणी पढेथें । गठबन्धनले हेप्यो भन्दै आक्रोस पोख्ने क्रममा उपेन्द्र जीको खरो टिप्पणी थियो– १५/१६ सिटमा जित्ने ९ सिट हो, त्यति त एक्लै लडेपनि जित्छौं ! भनेपछि जसपाले पनि एमालेलाई ६/७ सिट छुट्याए छ ।
छोडेकै भाग हिसाब गर्दा पनि एमालेको हिस्सामा ८० सिटको हाराहारी देखियो । एमालेको पनि आफ्नै केही कमाइ त होला नी?! यसले के संकेत गर्छ? मंसिर ४ को निर्वाचनबाट एमालेको बहुमत ! कम्तिमा पनि यसपटक काङ्ग्रेसको बहुमत त नआउने त पक्का भएछ !
एपी1 का निरज जोशीसंगको थप भिडियो संवाद–––