कमरेड छवीको शवलाई साक्षी राखी मैले चाँही के गर्नुपर्ला ?
एक जनाले मस्का मारी मारी गफ लगाउन थाल्यो एमाले र उनकै बारेमा प्रसंशा ओइराउन थाल्यो । भात पसले पनि के कम उसले पनि हाँ मा हाँ मिलायो । अर्कोले पनि गुलिया कुरा शुरु गर् यो पसलेले खाना अगाडी सारी दियो । उनले के एक गास मुखमा हालेका थिए पछाडीबाट एउटा जल्लादले फलामे छडले उनको टाउको फुट्ने गरी बजायो । उनी त्यहीं ढले तर कथा यहीं रोकिएन । ति अपराधीहरुले उनका खुट्टा र हातहरु ध्ारिलो हतियारले छ्याक-छ्याक काटे । ऐया आथ्थो गर्ने मौका नै कहाँ रह्यो र ?! ति आतातायी जथ्थाले उनको छाती र पेट जहाँ तहीं छुरीले घोचे । तथानाम गाली गर्दै हाम्रो महान गौरवशाली पार्टीको विरोध गर्ने तैं हैनस् भन्न समेत चुकेनन् । क्षणभर मै उनको सम्पूर्ण शरीर क्षत विक्षत पारियो मेरो पार्टीको जस्तै रातो झण्डा बोक्ने र चीनका क्रान्ती नायक माओका नाममा आपुनो जथ्थालाई चिनाउन रुचाउने नेपालमा कि्रयाशिल एउटा अतिवादी समूहका जल्लादहरुको हातबाट उनले शहदात वरण गरे ।
एक जनाले मस्का मारी मारी गफ लगाउन थाल्यो एमाले र उनकै बारेमा प्रसंशा ओइराउन थाल्यो । भात पसले पनि के कम उसले पनि हाँ मा हाँ मिलायो । अर्कोले पनि गुलिया कुरा शुरु गर् यो पसलेले खाना अगाडी सारी दियो । उनले के एक गास मुखमा हालेका थिए पछाडीबाट एउटा जल्लादले फलामे छडले उनको टाको फुट्ने गरी बजायो । उनी त्यहीं ढले तर कथा यहीं रोकिएन । ति अपराधीहरुले उनका खुट्टा र हातहरु ध्ारिलो हतियारले छ्याक-छ्याक काटे । ऐया आथ्थो गर्ने मौका नै कहाँ रह्यो र ?! ति आतातायी जथ्थाले उनको छाती र पेट जहाँ तहीं छुरीले घोचे । तथानाम गाली गर्दै हाम्रो महान गौरवशाली पार्टीको विरोध गर्ने तैं हैनस् भन्न समेत चुकेनन् । क्षणभर मै उनको सम्पूर्ण शरीर क्षत विक्षत पारियो मेरो पार्टीको जस्तै रातो झण्डा बोक्ने र चीनका क्रान्ती नायक माओका नाममा आपुनो जथ्थालाई चिनाउन रुचाउने नेपालमा कि्रयाशिल एउटा अतिवादी समूहका जल्लादहरुको हातबाट उनले शहदात वरण गरे ।
यो कुनै काल्पनिक कथाको टुक्रा होइन् गत असार २५ गते ओखलढुङ्गाका एमाले नेता छविलाल कार्की माथि भएको बर्बर घटनाको सानो विवरण हो । आम नागरिकले पशुपन्छी माथि पनि गर्न आँट नगर्ने यो जघन्य अपराध हुने बेलामा खाना खाने समयमा मस्का मारी मारी गफमा अलमलाउनेहरु पनि अरु कोही नभएर माओवादी कै स्थानीय कार्यकर्ता थिए ।
उनी शोषक- सामन्त थिएनन् लामो समयदेखि नेपाली समाजको रपान्तरणको लागि कि्रयाशील सामान्य युवा थिए । ०४६ सालमा तानाशाही पाचायती व्यवस्था विरुद्धको जनआन्दोलनमा आपुनो जिल्लका संयुक्त वाममोर्चाका अध्यक्ष थिए । उनको उपस्थितीमा आपुनो अतिवादी राजनीति नफैलने ठहरमा माओवादी पुगेपछि ०५७ सालबाट विस्थापित एक वामपन्थी नेता थिए । उनी अर्थात छविलाल कार्की संविधानसभाको निर्वाचनमा एमालेका उम्मेदवार थिए र सगरमाथा अाचल कमिटीका तथा राष्ट्रिय परिषदका सदस्य समेत थिए।
जुन दिन कमरेड छवी मारिए, त्यही दिन एमालेका पुराना र नयाँ पुस्ता केही हामीहरु नगरकोटमा द्वन्द्व र रुपान्तरणका बारेमा बहस गर्दै थियौं । कमरेड प्रश्रित भन्दै हुनुहुन्थ्यो– द्वन्द्वकालभरी माओवादीहरुले १८ भन्दा बढी जघन्य अपराध गरेछन् । एउटा घटना यस्तो थियो–“उनीहरु आए र एउटा घरमुलीलाई कठालोमा समाते । उसलाई मार्नै पर्ने ‘न्याय’ सुनाए । त्यसपछि परिवारका सबै सदस्यको अघि उनलाई छ्याक–छ्याक काट्दै प्राण लिने निर्णय सुनाए । यसको प्रतिवाद गर्दै उनको श्रीमतीले रुँदै भनिन्– अपराधि हो, नमारी नै नछोड्ने भए सिधै गोली हान न किन यस्तो अपहत्ते गर्छौ । माओवादी “क्रान्तिकारी”हरुले जवाफ दिए– यस्तालाई मार्न कस्ले ४०० को गोली खर्च गर्छ?”
भावविव्हल श्रीमतीले २५० दिइन । उनीहरुले गोली ठोकी उनलाई मारे । परिवारका सदस्यलाई नै खाल्डो खन्न लगाई उनलाई पुरपार गरे र भने– ल अब भात पकाओ, हामी खाएर मात्र जान्छौं ।
म चाहन्छु- यस्तो कसैमाथि पनि, यहाँसम्म कोही चरम शत्रु छ भने त्यसमाथि पनि नघटोस् । एकचोटी आँखा चिम्म गरेर सोचौं त यस्तो घटना तपाई वा तपाईको निकटका कोही माथी घटेको भए के सोच्नु हुन्थ्यो ?!
अरु आम नागरिक सरह म पनि हिजो २६ गते खुला माचमा पुगें । पहिले त त्यो क्षत विक्षत पार्थिव शरीर हेर्ने म मा आँट नै पलाए न । जसो तसो उनको ढलेको शरिर छेउ पुगें । म भन्दा झण्डै ६ वर्ष कान्छा ती सहयोद्धाको शवमा फूल चढाएं । एक चोटी उनको पिडायुक्त शान्त अनुहार हेरें । त्यसपछि विलखवन्द परिरहेकी उनको जीवन संगीनीलको अनुहार अलि परबाट हेरें । भक्कानिएर
रोइरहेकी उनको छोरी नजिक गएं … …!!!
खै के हुन्छ मलाई अचेलभरी?! समवयका हरेक ढलेका योद्धाको अनुहार म आपुनै छाँयां दे्ख्छु । उहाँहरुका शोक विव्हल श्रीमती वा छोरी-छोराका मुहारमा आपुनै सन्तानको झझल्को पाउँछु!
हामी यतीखेर राष्ट्रिय सहमतीको कुरा गरिरहेका छौं । एनेकपा माओवादीलाई सत्ताको नेतृत्व सुम्पने कुरा पनि चलिरहेको छ । त्यसको् लािग सम्भवत मेरै काँध पनि तिनहिरुको सत्तारोहणको भर् याङ्ग बन्नु पर्नेछ । द्वन्द्वकालको त भो कुरा छोडौं- को को मरे; क-कस्ले कसरी मारे ! यो कथित हतियार विसाएको कालमा नृसंश तरीकाले मारिएका कमरेड छवीको शवलाई साक्षी राखी मैले चाँहि के गर्नु पर्ला ?
साउन २७, २०६६
This entry was posted on Sunday, July 11th, 2010 at 5:55 am and is filed under Political event in my previous blogsite http://bishnurimal.wordpress.com
Comments :
Leave a comment
I am pleased you said this 😀
Comment by insurance marketing ideas — September 24, 2010 @ 5:41 pm
I’m happy that you wrote that post.
Comment by elders car insurance — September 26, 2010 @ 6:24 am
The most interesting thing I have read today?!?
Comment by usaa insurance 800 — September 27, 2010 @ 2:13 am
Great post, been after something like that 🙂
Comment by drachman leed insurance — September 27, 2010 @ 11:46 pm
You can depend me in for a Digg. Thanks for posting this on your web site!
Comment by como recuperar a tu parejaa — January 23, 2011 @ 1:56 pm
Thank you very much for your help, http://bishnurimal.com.np/blog/?p=81 has been a great break from the books,
Comment by como recuperar a tu parejaa — January 25, 2011 @ 1:32 am