December 26th, 2009
श्रमजीवी वर्गको अधिकारको कुरा कानुनी विषय मात्रै होइन, यो राजनीतिक विषय हो । कानुन भनेको राजनीतिक अधिकारलाई व्यवस्थित र नियमित गर्ने साधन मात्रै हो । त्यसैले आम प्रचलनमा कानुनले यथास्थितिको पक्षपोषण गर्छ । राजनीतिक अधिकार प्राप्तिको अभियानले त्यसलाई गति दिन्छ। त्यसपछि मात्र कानुनले यथास्थितिबाट गतिशील आयाम प्राप्त गर्छ ।
श्रमिक को हुन?
पहिले पहिले स्पष्ट रोजगार सम्बन्ध देखिने स्थानमा ज्याला लिएर काम गर्नेलाई श्रमिक भनिन्थ्यो । विश्वव्यापीकरण संगै रोजगारदाता–श्रमिक वीचको अस्पष्ट सम्बन्धका कारण अचेल श्रमिकको नया“ परिभाषा दिइने गरेको छ, जसका चरित्रलाई कम्तिमा चार किसिमबाट उल्लेख गर्ने गरिएको छ–
श्रमिक अधिकारकालागि दुई शताव्दी पुरानो संघर्ष–
सन् १८८० को दशमा श्रमिकका अधिकारको कुरा “तीन–आठ” को सिद्धान्तमा आधारित थियो। सन् १८८६ मे १–४, मा शिकागोमा भेला भएका प्रदर्शनकारी श्रमिकहरुले आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आरामको माग गर्दै दासको रुपमा १६÷१७ घण्टा काममा जोतिनु पर्ने बाध्यताबाट मुक्तिको माग गरेका थिए। त्यतिखेरको श्रमिकका अधिकारको विषय यसैको वरिपरि घुमेको थियो। पशुवत व्यवहारको विरुद्ध मानवोचित व्यवहारको मागमा नै श्रमिक आन्दोलन केन्द्रित थियो। यही आन्दोलनले मे १ अभियानलाई जन्म दियो।
बिसौं शताब्दीको प्रवेशस“गै एक पक्षीय र बहुपक्षीय रुपमा श्रमिक–अधिकारको विषयको अन्तरराष्ट्रियकरण भयो। मे १ ले दिएको ‘संघर्षबाट अधिकार हासिल गर्ने’ दिशा विपरित सन् १९१९ मा स्थापित अन्तरराष्ट्रिय श्रम संगठन (आई.एल.ओ.) ले ‘त्रिपक्षीय सहमतिमा सबै पक्षको अधिकार संरक्षण गर्ने’ दृष्टिकोण अघि सा¥यो। आई.एल.ओ. को सन् १९४४ मा फिलाडेल्फियामा आयोजित सम्मेलनले श्रमिकका अधिकारका लागि ठोस प्रस्ताव पारित ग¥यो। फिलाडेल्फिया घोषणाको नामले चर्चित त्यो घोषणाले भन्योः
दोस्रो विश्वयुद्ध पछिका सम्पूर्ण अवधिभरी श्रमिकका अधिकारका कुरा गर्दा यो घोषणा नै आम रुपमा प्रस्थानविन्दु बन्यो। हरेक देशका प्रगतिशील कानुन वा अन्तरराष्ट्रिय श्रम मापदण्ड यही घोषणाबाट प्रभावित रेह ।
एक्काइसौं शताब्दीको प्रवेशस“गै श्रमिकका अधिकारमाथि आजको नव–उदारतावादी विश्वव्यापीकरणले आक्रमण गरिसकेको थियो। फिलाडेल्फिया घोषणाको ठा“ऊ, श्रमिकलाई बजारको वस्तुको रुपमा व्यवहार गर्ने तथा ‘माग र आपूर्तिका’ आधारमा मानवीय श्रमको अवमूल्यन गर्ने अमानवीय व्यवहारले लिन थाली सकेको थियो। शोषणमूलक एवं अनुचित श्रम अभ्यास भएको हाम्रो जस्तो अविकसित तथा विकासशील राष्ट्रहरुमा मात्रै होइन, विकसित विश्वमा समेत “हायर एण्ड फायर” जस्ता श्रम अभ्यासले श्रमिकलाई ‘बजारको माल’ को रुपमा व्यवहार गर्न थालिसकेको थियो। त्यसैले यो शताब्दीको शुरुवातस“गै अन्तरराष्ट्रिय श्रम संगठन जस्ता संस्थाले “कामको अधिकार र आधारभूत सिद्धान्तको घोषणा (डिक्लारेशन अन फन्डामेन्टल प्रिन्सिपल्स् एण्ड राइट आएट ओर्क)” सबैले अनिवार्य रुपमा पालना गर्नु पर्ने नया“ अभियान अघि सा¥यो। यो घोषणले उद्घोष ग¥यो– अब श्रमिकको अधिकारमा “काम तथा ज्याला” भएर मात्रै हु“दैन त्यस्तो काम डिसेन्ट अर्थात मर्यादित हुनुपर्छ । आइएलओका हरेक सदस्य देशले यो घोषणा अनुरुप चल्नै पर्छ, जहा“ निम्न आठ आधारभूत अभिसन्धि श्रम क्षेत्रमा लागू हुनु पर्छ –
श्रमिकका अधिकार र सामाजिक सुरक्षा–
सामान्यतः अप्ठ्यारोमा परेका आºना सदस्यलाई सामाजिक रुपमा संरक्षण दिने कार्य नै सामाजिक सुरक्षा हो । सामाजिक सुरक्षा, श्रमिकहरुको मौलिक हक हो, मर्यादित कामको एउटा अंग पनि हो । अन्तरराष्ट्रिय प्रचलन अनुरुप निम्न अवस्थामा प्रदान गरिने सामाजिक संरक्षणको कार्यलाई सामाजिक सुरक्षा भन्ने गरिएको छ, जुन नेपालको टे«ड यूनियन आन्दोलनले पनि अधिकारको रुपमा नै उठाउंदै आएको छ–
नेपाली टे«ड यूनियन आन्दोलनले यी सबै विषय एकीकृत सामाजिक सुरक्षा कोष मार्फत लागू गर्न सकिने धारणा अघि सारेको छ।
सामजिक आन्दोलनको रुपमा आजको ट्रेड यूनियन–
दल सम्वद्ध या असम्बद्ध पेशा समूह र गैर राजनीतिक समूहका रुपमा ट्रेड यूनियन विभिन्न प्रकारहरु छन् । चरित्रका आधारमा “ एक पार्टी एक यूनियन, मोर्चा ट्रेड यूनियन आन्दोलन र साझा ट्रेड यूनियन आन्दोलन राजनीतकि ट्रेड यूनियन आन्दोलन” र सामाजिक आन्दोलनकारी यूनियनहरु अहिले क्रियाशील छन् ।
हिजाको जस्तो “राजनीतिक, गैरराजनीतिक–अर्थवादी, ट्रेड यूनियनवादी” को लेवल भिराइ दिएर मात्र आजको यूनियन आन्दोलनको वहुआयाम महसूस गर्न मुस्किल हुन्छ । आजको ट्रेड यूनियन आन्दोलनले सामाजिक आन्दोलनकारी यूनियनको स्वरुप ग्रहण गरेको छ, जसलाई निम्नानुसार अथ्र्याउने गरिएको छ ।
मर्यादित काम भनेको एउटा रणनीति हो, जसले जनतालाई केन्द्रमा राखेर दिगो विकासको परिकल्पना गर्दछ । मर्यादित काम भनेको न्यायोचित, समतामुखी र समावेशी समाज निर्माणको लागि त्यस्तो मुख्य तत्व हो, जुन रोजगार अभिवृद्धि, श्रमिकको अधिकार, महिला– पुरुष बीचको समानता, सामाजिक संरक्षण र सामाजिक सम्वादको सिद्धान्तमा आधारित छ ।
त्यसैले मर्यादित कामको अर्थ भेदभाव विना रोजगारीमा समान पहु“चस“ग सम्बन्धित छ । यो श्रमिक र तिनका परिवारलाई मर्यादित जीवन जिउन पुग्ने जीवनोपयोगी पारिश्रमिकस“ग सम्बन्धित छ । मर्यादित काम बिरामी पर्दा, गर्भवती हु“दाजस्ता तपाईं हाम्रो जीवनमा देखापर्ने विभिन्न उतार चढावमा सामाजिक संरक्षण उपलब्ध गराउने विषयस“ग सम्बन्धित छ । मर्यादित काम भन्नासाथ त्यो शोषणबाट पूर्णतः मुक्त हुनु पर्दछ । यसले सामूहिक हकहितका लागि टे«ड यूनियन मार्फत सामाजिक सम्वाद गर्न श्रमजीवीवर्गलाई संगठन गर्ने अधिकार उपलब्ध गराउ“छ ।
हामीलाई मर्यादित काम किन चाहिन्छ त ?
आर्थिक वृद्धि मात्रै पर्याप्त हु“दैन, अन्तरराष्ट्रिय व्यापार र आर्थिक वृद्धिले गरिबीलाई स्वतः उन्मूलन गर्दैन । धेरै देशहरूमा के देखिन्छ भने सम्पत्ति जति केही व्यक्तिको हातमा थुप्रदै गएको छ । विकसित र विकासशील देशका समाजहरू दिनप्रतिदिन असमान हु“दै गइरहेका छन् । त्यसैले मर्यादित काम भनेको प्रमुख संयन्त्र हो, जसमार्फत सम्पत्तिको पुनर्वितरण गर्न सकिन्छ र गरिबीलाई अन्त्य गर्न सकिन्छ ।
के बुझ्नु पर्छ भने सबै काम असल काम हु“दैन । विश्वमा १.४ विलियन मानिसहरू काम त गर्छन्, तर दिनको दुई अमेरिकी डलरभन्दा कम कमाउ“छन् । तिनीहरूस“ग या त कामै छैन वा उनीहरू असुरक्षित काम गर्न बाध्य छन् । जसरी गरिबी उन्मूलनको लागि रोजगर प्रमुख कुरा हो, त्यसैगरी मर्यादित काम श्रमिकहरूको अधिकार प्राप्ति र मर्यादित जीवनको लागि मुख्य विषय हो ।
मर्यादित काम गरिबी उन्मूलनको सा“चो हो । विश्वभरिका मानिसहरू– महिला हुन् कि पुरुष विश्वव्यापीकरणले दिगो र मर्यादित जीवन यापन गर्ने तथा उनीहरूका बालबालिकाको उज्ज्वल भविष्यको सामान्य चाहना पूरा गरोस् भन्ने चाहन्छन् । र, यो मर्यादित काममा जोड दिएर मात्र सम्भव छ ।
मर्यादित काम सिर्जना गर्नको लागि अहिले भन्दा उपयुक्त समय कहिल्यै आउने छैन ।
हरेक वर्ष –
मर्यादित कामको लागि संघर्षरत श्रमिकहरू कामबाट निकालिएका छन्, धम्की, हतोत्साहनको शिकार भएका छन् वा मारिएका छन् । वर्ष २००६ मा पनि सयभन्दा बढी यूनियनकर्मीहरू मारिए, थुपै्र हजार जेलमा कोचिए, यातना दिइए र अक्सर उनीहरूलाई लामो समयसम्म थुन्ने पूर्जी थम्याइएको छ ।
सयौं हजार श्रमिकहरू यूनियन बनाउन खोज्दा वा कार्यथलोमा टे«ड यूनियन गतिविधि सञ्चालन गर्दा कामबाट हात धुन बाध्य भएका छन् ।
२२ लाख भन्दा बढी जनता व्यवसायजन्य रोग वा कार्यथलोको दुर्घटनाबाट मारिए ।
५ देखि १४ वर्ष उमेर समूहका २० करोड बालबालिकाहरू स्कुलमा होइन काममा जान बाध्य छन् ।
१ करोड २३ लाख जनता बलपूर्वक लगाइने कामको धरापमा फसेका छन् ।
यसरी हरेक वर्ष सामाजिक संरक्षणको अभावमा काम असुरक्षित र अस्थिर बन्दैछ, अर्कातिर आइएलओको अभिसन्धि र श्रम कानुनहरू बढी लचिलो बनाउन दबाब बढेको बढ्यै छ । यसको अर्थ हो, चारैतिर मर्यादित कामको अभावै अभाव छ ।
यस्तो अवस्थाले सबैभन्दा बढी असर कसलाई गर्ला त ? युवाहरू– ८ करोड ५० लाख युवाहरू वेरोजगार छन् । त्योभन्दा पनि बढी संख्यामा अर्धवेरोजगार अवस्थामा छन् । महिलाहरू जसको आम्दानी– पुरुषको आम्दानीको तुलनामा दुई तिहाइ कम छ । महिलाहरूले विश्वको पार्टटाइम कामको मुख्य हिस्सा (६० देखि ९० प्रतिशत) ओगटेका छन् । युरोपेली संघमा पार्टटाइम काम ८३ प्रतिशत महिलाहरूले गर्छन् ।