तपाई हामी सबैलाई थाहा छ, डा भट्ट्राईको टीममा उनि र परिक्षण हुन बाँकी केहि व्यक्ति बाहेक अधिकांस ‘खली खाएका’ गजेटेड भ्रष्ट्राचारीहरु छन । के गर्दा पैसा बन्छ, त्यसको ‘भुगोल, ईतिहास’ यिनिहरुलाइ कन्ठै छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले औपचारिक सवारी साधान ‘मुस्ताङ्ग म्याक्स’ घोषणा गरेपछि शुरु भएको तरङ्ग अझै थामिएको छैन । विभिन्न व्यक्तिले यसलाई फरक फरक तरीकाले टिप्पणी गरे । कसैले यसलाई ‘स्वाङ्ग’ र ‘ढोङ्ग’को रुपमा चर्चा गर्न खोजे भने कोहीले यस्तो टिप्पणी गर्नेहरुको ‘जिव्रो थुतुँला’ जस्तो समेत गरे । निराशाको कालो बादल लागि रहेको वेला सानो भन्दा सानो कामबाट पनि जनतामा आसा जगाउन सकिन्छ भने यसलाई नकारात्मक टिप्पणी गरिरहनु आवस्यक छैन, समर्थन नै गर्नु पर्छ । प्रधानमन्त्री जीको सपथ ग्रहणको दिन ‘मुस्ताङ्ग म्याक्स’संगै सभासदलाई राखेर फोटो खिच्ने सायद म मात्रै थिएँ, यसको कारण जनतालाई स्वाद लागेको कुरामा जनताका प्रतिनिधिहिरुले ‘सेलिव्रेट’ गर्न कञ्जुस्याँई गर्नु हुन्न भन्ने हो ।
तर जे कुरा पनि अति भयो भने खति हुन्छ । प्रधानमन्त्रीका टीमका केही मानिसहरुले यसलाई ‘लोक रिझांई’को ‘तुरुप’ बनाउन खोजे जस्तो महसुस हुँदैछ । Continue reading