April 27th, 2013
युनियनले उद्योगपतिलाई दुईवटा फर्मुला दिएको छ । उद्योगी कुन फर्मुलामा जाने त्यो निर्णय गर्नुस् भनेका छौं । (त्यो हो ) – न्यूनतम ज्याला पुरावलोकन गर्ने कि पारिश्रमिक वृद्धि गर्ने ? उद्योगीले ज्याला पुनरावलोकन भनिरहेको छ, यसमा मजदुर सहमत छैन । पुनरावलोकन भनेको दर रेट मात्र परिवर्तन गर्ने हो । मानिलिआं,ै अहिले मजदुरको न्यूनतम ज्याला ६ हजार २ सय छ । पुनरावलोकन भनेको केही बढाउने हो । सरकारले १० हजार पु¥यायो । त्योभन्दा कम पारिश्रमिक हुनेको वृद्धि हुन्छ । त्योभन्दा बढी पारिश्रमिक भएको मजदुरको वृद्धि हुँदैन । मजदुरले ज्याला वृद्धि गर्न खोजेका हौं । समानुपातिक आधारमा ज्याला वृद्धि हुनुपर्छ भन्ने हाम्रो माग हो । हामीले सरकारलाई देशभर सबै युनियनका चुनाव गराइदिनुस् भन्यौं । आधिकारिक युनियनले चुनावमा भाग लिन्छ । तर, चुनावको छाँटकाँट देखिएको छैन । देशभरि आधिकारिक युनियनको चुनाव भयो भने त्यो युनियनले मागपत्र राखी व्यवस्थापकसँग डिल गर्छ । हामीले अर्काे प्रस्ताव राखेका छौं, के भन्यो भने चुनाव नभएको वा युनियन नभएको अवस्थामा अहिलेको श्रम कानुनमा ५१ प्रतिशत श्रमिकले समर्थन गरेको वार्ता टोलीले सामूहिक सौदाबाजी गर्न सक्ने विधि छ । त्यही विधिमा जाऔं । जसको जति हैसियत छ, त्यही अनुसार माग गर्न सक्छ । कोकाकोलामा १५ हजार ज्याला वृद्धि गर्ला भने समान्य कारखाना उद्योगमा २ हजारको गर्ला ।
पूर्ण पाठ कारोबार दैनिकको अन्तरवार्ता हेर्नुहोस् >> read karobar