December 6th, 2009
सुख मेरो स्कूले साथी हो । त्रिशूलीको हाइस्कूलमा हामीले संगै पढ्यौ र कलेजको समयमा हाम्रा विषय फरक–फरक भए पनि हामी संगै बस्यौं । मेरो डेरा सुखको पूmपुको घरमा थियो, उ भने आप्mनै घर हुदाहु“दै पनि हाम्रो डेरा भएकै घरमा हामी संगै बस्थ्यो । हाम्रो यही दोस्तानाका कारण उ मेरो परिवारसंग परिचित थियो, र म उसको । म सुखका आफन्तहरुलाई उसले जे सम्बोधन गथ्र्यो त्यही सम्बोधन गर्थें, यसरी म सानो छ“दा देखि नै आदरणीय धर्मरत्न, मेरालागि बुबा हुनु भयो भने सुखको आमा, आमा ।
गएको वर्षको दशै नकारात्मक रुपमा मेरो लागि अविस्मरणीय हुन पुग्यो । मलाई धर्मरत्न बा तथा आमाले एक हप्ता अगाडिदेखि नै भेटको लागि बोलाउनु भएको थियो–“एक चोटी आऊ न, सल्लाह पनि छ, नियास्रो पनि लागि रहेको छ ।” मैलै सदा झैं “हुन्छ” भने तर यस्तो “हुन्छ” धेरै चोटी भनेर पनि मैले आप्mनो बोली पुरा गर्न सकेको थिइन । खास गरी सुखको असामयिक निधन पछि “मसंगको भेटले कतै सुखको संझना आई उहा“हरुलाई थप पीडा हुने त हैन?” भन्ने सोचले गर्दा मलाई उहा“हरुसंग फोनमा कुरा गर्न समेत असाध्यै हिचकिचाहट हुने गरेको थियो । फेरी म आप्mनै सुसेधन्दाको कारण हतपत समय निकाल्नै नसक्ने भएकोले पनि पटक–पटक ढा“टेको जस्तो पो हुने हो भन्ने चिन्ता पनि छ“दै थियो । त्यसैले यसपटक भने जसरी पनि जानु पर्ला भन्ने निश्चय मैले गरेको थिएं, र झण्डै हप्ता दश दिन देखि भेटघाट गर्ने योजनामा थिए ।
आखिर दशैंको नवमीको दिन मैले उहा“हरुलाई भेट्न जाने योजना गरें । पूmलपातीको दिन वचन दिए“–“ल बुबा म नवमीको दिन १२ वजे तिर आउ“छु”, उहा“ले भन्नुभयो– “तिम्रो घरपनि हेर्ने विचार छ ।” मैले सजिलै भने– हुन्छ नी, म आउ“छु मौका मिले मेरो घरमा संगै आउ“ला ।
झण्डै पैने १ वजे म मेरो पिता जीलाई समेत लिएर उहा“हरुलाई भेट्न गए“ । मेरो पिताजी एक किसिमले धर्मरत्न ज्यू,को साथ जस्तै हुनुहुन्थ्यो । मैले ठानें, यसले राम्रै गर्ला । हामी त्यहा“ पुग्दा बुबा आमा दुबै जना बाटो हेरेर बसी रहनु भएको रहेछ । “तिमी त नआउने पो भयौ की भन्ठानेको” आमाले भन्नु भयो । मैले भनें– यसपटक चाहिं वचन पूरा गरें ।
हामी बैठक कोठामा बस्यौं– म, मेरो पिताजी, धर्मरत्न बा, आमा र सावित्री जी । कुरा शुरु भयो– भतिजाले अनावस्यक घर जग्गा किचोला गरेको, त्यसमा एउटा माओवादी घुसेर (पछि थाहा भयो, त्यो माओवादीको नभएर विदुरको एक जना नेका“–प्रजातान्त्रिक वालाको व्लाकमेलिंङ र दादागिरी गरेको रहेछ) अनावस्यक रुपमा थर्काउने गरेको आदि । एकछिनको गफगाफ पछि आमा चिया लिन जान्छु भनेर उठ्नु भयो र सावित्री जी आमालाई सघाउन । तर ५ मिनेट जति नवित्दै संगै को किचनबाट ‘लौन आमालाई के भयो?’ भन्दै सावित्री आउनु भयो । हामी हतारिंदै दौडियौं– भान्छामा हाम्रो लागि चिया कपमा र खानेकुरा ल्पेटमा ठीक्क पारिएको थियो, आमा घुप्लक्क घोप्टो पर्नु भएको थियो । धर्मरत्न बा ले उहा“को शीरलाई काखमा पल्टाउनु भयो । लगभग बेहोस अवस्था, मैले ठानें हृदयघात भयो… नचिताएको घटना हुने भयो ।
हामी हतारिदै बाहिरियौं, ट्याक्सी.. खवरखावर गर्दा मुस्किलले १०–१२ मिनेटमा एभरेष्ट नर्सिङ होममा पुग्यौं । सुख पनि हार्ट अट्याकबाटै वितेको र उसलाई पनि शुरुमा यही नर्सिङ होममा ल्याइएको थियो । उ अस्पताल पुग्दा नपुग्दै वितेको थियो । आमाको पनि मुटु र उच्च रक्तचापको समस्या छंदै थियो । नर्सिङ होममा पुग्दा डक्टरले ट्याक्सीबाट ओराल्न आनाकानी गरिरहेको मैले पाएं । छिटो गरौं–मैले भने । उनीहरुले इमरजेन्सीमा लगे र पम्पीङ गर्दै स्वास–प्रस्वास गराउन थाले, हाम्रो उहा“संगको सम्बन्ध आदि सोध्न थाले । त्यक्तिकैमा सुखको भाञ्जा–जो पेशामा चिकित्सक पनि हुन् आईपुगे । म धर्मरत्न बा लाई मेरो पिताजी संगै राखेर धैर्य गर्न भन्न थालें ।
आखिरमा हुनेहुनामी भइसकेको थियो, आमा वित्नु भयो । उहा“को पार्थिव शरीर संगै हामी घर फर्कियौं । शाक्यहरुको परम्परा अनुरुप उहा“ अन्तिम संस्कारको तयारी शुरु गरियो ।
यो एउटा घटना थियो जसले सायद धर्मरत्न बा’लाई नराम्रो गरी विचलित बनायो । मलाई भने त्यसदिन बा–आमालाई आप्mनो घर देखाउन नपाएकोमा असाध्यै पछुतो भयो । त्यस रात मैले मेरी श्रीमती र पिताजीसंग यही कुरा गर्दै शोक मनाए“ । धर्मरत्न बालाई मात्रै भए पनि घर ल्याएरै छोड्ने है’ हामीले सल्लाह ग¥यौं ।
यसवीच मुस्किलले ३ चोटी जति मेरो धर्मरत्न बा संग फोनमा कुरा भयो । नचाह“दा नचाह“दै आमा र सुखको आकस्मिक मृत्यु घटनाको चर्चा हुन्थ्यो । मेरो उहा“संग एउटै प्रश्न हुन्थ्यो–“तपाईको स्वास्थ्य कस्तो छ? एकदिन समय मिलाएर मेरो घर हेर्न आउनु पर्छ है?”
तर दुर्भाग्य, हाम्रो लागि त्यो दिन कहिल्यै आएन ।
झण्डै तीन महिना वितेछ, त्यो घटनाको । मंसीरको त्यो दिन, म आप्mनै धुनमा जिफन्टमा कार्यरत थिए“ । मेरो मोवाईलमा ‘टिक–टिक’ आवाज आयो । फोन, नम्बर नोट नगरिएको ललितपुर तिरको थियो । मैले हेल्लोसंगै प्रदिप दाई को स्वर सुनें । “विष्णु हो? …” फेरी अर्को अकल्पनीय समाचार सुन्नु प¥यो– “बा हिजो राती एक्कासी वित्नु भो ।”
म एकछिन अवाक भएं ।
उहांको मेरो घर हेर्ने र मैले उहांलाइ मेरो देखाउने दिन अब कहिल्यै नआउने भयो । उहा“संगका मेरा विभिन्न अनुभुतिहरु अन्तिम चोटी स्मरण गरें ।
“सायद २०३० साल हुनुपर्छ, म ७ कक्षामा पढ्दै थिए“ । सुखलाई भेट्न जा“दा धर्मरत्न बा’ले के देखेर हो कुन्नी बोलाउनु भयो– नेपाली कस्तो छ, हिन्दी आउ“छ? मैले नेपाल ठीकै रहेको र हिन्दी सामान्य बुभ्mछु भनें । नाम त विर्सिएं, त्यो कुनै बुद्ध धर्म सम्बन्धि किताव थियो, त्यसको नेपालीमा उल्था गर्न अह्राउनु भयो । यो मेरो जीवनमा “ठूला मान्छे”ले दिएको पहिलो जिम्मेवारी थियो । उल्था कस्तो भयो, त्यसलाई उहा“ले प्रयोग गर्नु यो भएन मलाइ ज्ञान रहेन ।”
“०४३÷४४ साल तिर हुनुपर्छ । त्यो वेलासम्म मैले १–२ चोटी लामै जेल बास गरिसकेको थिए“ । उहा“ पनि पुरानो राजनीतिक कार्यकर्ता र तत्कालिन समयमा पनि त्रिशूलीमा राजनीतिक सचेत सम्मानीत व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो । म त्यतीबेला तत्कालिन भूमिगत दल नेकपा (माले)मा आवद्ध थिए“ र नुवाकोटमा मेरो बाल सखा रामशरण प्याकुरेलसंग मिलेर “गेर्खुटार युवा ल्कव” को खोलमा ‘जनता जगाउने’ सा“स्कृतिक अभियानमा पनि सक्रिए थिए“ । त्यो वर्षको दशैंमा त्रिशूलीमा सा“स्कृतिक कार्यक्रम भयो । मैले र रामशरणले गितार भिरेर “भ्mयाङ्– भ्mयाङ्” पार्दै ‘मानिस छुत अछुत हुन्छ म मान्दै मान्दिन.. ’ बोल को गित गा“यौ । हामी दुबै न त गायक न गितार बाधक नै थियौं, तर पनि पछिल्लो समयका चर्चित गायक इश्वर अमात्य (जो त्यतिखेर शिकारु गायक थिए) संगै एउटै मञ्चमा गायौं । मलाई कुनै भ्रम छैन, हाम्रो गायकी बेसुरा थियो र गितारको विट पनि तालमा थिएन । हाम्रो “श्रोता” धर्मरत्न बा’ले खुलेर प्रसंसा गर्दै हामीलाई प्रोत्साहित गर्नु भयो र भन्नु भयो– राम्रो गायौ, तर गाउनेले ताल र स्वरलाई ख्याल गर्नुपर्छ । उहा“ आफै पनि संगीतका ज्ञाता हुनुहुन्थ्यो, उहाको संकेत हामीले स्पष्ट बुभ्mयौं ।”
र, उहांको जीवनको पछिल्लो कालमा त म उहाको लागि एउटा राजनीतिक पार्टीको केन्द्रीय नेता नै थिए । त्यसैले म संग राजनीतिक विषयमा नै कुरा गर्नुहुन्थ्यो–धनि गरीबको कुरा, कम्युनिस्ट पार्टी र माओवादीका उत्ताउला गतिविधि आदि ।
त्यो दिन शंखमुलको घाटमा, जहा“ उहाको अन्तिम संस्कार हुंदै थियो, म, जिफन्टका मेरा साथीहरु– कवीन्द्र जी, उद्धव जी, … अंकुरका राजेन्द्र जी संगै थियौं । उहांहरु पनि सायद केही भन्दै हुनुहुन्थ्यो । म भने यस्तै यस्तै सोचि रहेको थिए, त्यो परिवार जहां मैले आप्mनो जीवनको महत्वपूर्ण समय गुजारें, लगभग उस्तै उस्तै प्रकृतिको मृत्यु बहन गरेका तेस्रो सदस्यलाई अन्तिम पटक श्रद्धाञ्जली चढाउ“दै ।
विष्णु रिमाल
हालः शान्तीनगर, नयां वानेश्वर, काठमाडौं ।
मंसीर १५, २०६४