October 29th, 2015
नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) र यसमा आवद्ध झण्डै ४ लाख सदस्यहरुको तर्फबाट म सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । उहाँलाई राष्ट्रपतीको उम्मेदवार बनाउने उपयुक्त निर्णय गर्ने उहाँको पार्टी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित सत्ताधारी गठबन्धनका एकीकृत नेकपा –माओवादी सहित सम्पूर्ण दलहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गर्दछु।… यसले यो पनि संकेत गरेको छ– ट्रेड यूनियनको पृष्ठभूमि ख्यालख्याल हैन, राष्ट्रलाई नेतृत्व गर्ने तहको बलियो जग रहेछ । यसबाट आज सम्पूर्ण श्रमजीवी वर्ग गौरवान्वित भएको छ । यस अर्थमा २० लाख भन्दा बढी सदस्य रहेको संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटियुसीसी) को अध्यक्षको हैसियतमा म सिंगो नेपाली ट्रेड यूनियन आन्दोलनको तर्फबाट पनि सम्माननीय भण्डारी ज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
इतिहासले कोल्टे फेरेको छ, या भनौं नयाँ इतिहास रचिएकोछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले नयाँ सविधान पछिको पहिलो र लैङ्गिक हिसावले समेत प्रथम महिला राष्ट्रप्रमुख पाएको छ । २०६३ जेठ १६ गतेका दिन पुनस्र्थापित प्रतिनिधिसभामा एउटा संकल्प प्रस्ताव पारित भयो– “राजनतिक दल सहित राज्यको सबै निकायमा एक तिहाई महिला सहभागिता, बाबुको नामबाट मात्रै नागरिकता दिईने विद्यमान कानूनी व्यवस्थाको सट्टा आमाको नामबाट समेत सन्तानले नागरिकता पाउने, महिलालाई विभेद गर्ने सबैखाले कानूनको खारेजी र महिला विरुद्ध हुने हिंसा अन्त्य†” कतिलाई यो संकल्प “हुन्छ र यस्तो?” भन्ने लागेको पनि हुनसक्छ । तर ०६४ चैतमा संविधानसभाको निर्वाचनको क्रममै “एक तिहाई” संकल्प व्यवहार मै लागु भयो । कानुनी पक्षहरु धमाधम परिमार्जन हुन थाले ।
यो सकारात्मक कामको थालनीको जस, जेठ १६ गते संसदबाट पारित संकल्प प्रस्तावलाई जान्छ । र, त्यो प्रस्ताव दर्ता गर्ने व्यक्ति हुनुहुन्थ्यो– तत्कालिन एमाले सांसद विद्यादेवी भण्डारी† आज उनै विद्यादेवी भण्डारी नयाँ संविधान जारी भएपछिको पहिलो र लैङ्गिक हिसाबमा समेत प्रथम महिला राष्ट्रप्रमुखको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति चुनिनु भएको छ ।
नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) र यसमा आवद्ध झण्डै ४ लाख सदस्यहरुको तर्फबाट म सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । उहाँलाई राष्ट्रपतीको उम्मेदवार बनाउने उपयुक्त निर्णय गर्ने उहाँको पार्टी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित सत्ताधारी गठबन्धनका एकीकृत नेकपा –माओवादी सहित सम्पूर्ण दलहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गर्दछु।
जिफण्ट गर्व गर्छ, २०५० सालको जेठदेखि २०५७ बैशाखसम्म यसको केन्द्रीय महिला मजदुर विभागको प्रमुख रहनु भएका सम्माननीय विद्यादेवी भण्डारी आज राष्ट्रप्रमुख चुनिनु भएको छ । सात वर्षे कार्यकालमा उहाँले नेपाली ट्रेड यूनियन आन्दोलनमा लैङ्गिक समानताको पक्षमा खेल्नुभएको भूमिका त्यो टीममा कार्यरत सबैका लागि सदा स्मरणीय रहने छ । नेतृत्व विकासको लागि जिफण्टले ०५० सालमा शुरु गरेको ट्रेड यूनियन शैक्षिक अभियान– ट्रयु क्याम्पेनको एक प्रशिक्षकका रुपमा उहाले खेल्नुभएको भूमिका प्रेरणदायी छ । यसले यो पनि संकेत गरेको छ– ट्रेड यूनियनको पृष्ठभूमि ख्यालख्याल हैन, राष्ट्रलाई नेतृत्व गर्ने तहको बलियो जग रहेछ । यसबाट आज सम्पूर्ण श्रमजीवी वर्ग गौरवान्वित भएको छ ।
यस अर्थमा २० लाख भन्दा बढी सदस्य रहेको संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटियुसीसी) को अध्यक्षको हैसियतमा म सिंगो नेपाली ट्रेड यूनियन आन्दोलनको तर्फबाट पनि सम्माननीय भण्डारी ज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
चुनातीपूर्ण आजको यो अवस्थामा संविधानको सफल कार्यान्वयन, राष्ट्रिय एकता तथा अक्षुण्ण सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डतामा सम्माननीय विद्यादेवी भण्डारीको सक्षम नेतृत्व तथा कार्यकाल सफल एवं सुखद् रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
विष्णु रिमाल
अध्यक्ष
मिति- २०७२ कात्तिक १२