नयाँ वर्ष २०७१ (वि.सं) को शुभकामना!
April 14th, 2014
उनान्न सत्तरी साल, आसा र अपेक्षा विपरीत असफल सालमा दरियो । सत्तरी आशंका सहित जन्मियो तर जाँदाजाँदै लिकबाट खसेको राजनीतिलाई लिकमा उकाल्न भ्यायो । ‘गयो की क्या हो लोकतन्त्र’ भन्ने चिन्तालाई, ‘मैले त यति गरें, अब कति गर्छस् एकहत्तर म पनि हेर्छु’ भन्दै हिजो रातीबाट विदा भयो । साँच्चिकै वि.सं. २०७१ ह्यात्तै आकांक्षा बोकेर आएको छ ।

लाखौं नेपाली झैं म पनि आस गर्छु- यो साल झण्डै सात दशकदेखि हामी नेपालीले साँचेको सपनाले मूर्तताः पाउनेछ; हाम्रा प्रतिनिधिले सहीछाप गरेको नयाँ संविधान आउनेछ । हाम्रो गणतन्त्रले ढुक्कसंग अडेस लाग्न, संघीयता र पूर्ण लोकतन्त्र सहितको संविधान पाउनेछ । संक्रमणकालिन राजनीतिले ०७० सालले झैं ‘म त गएँ है’ भन्दै हामीबाट विदा लिनेछ । फेरिएको राजनीतिक पद्दती बमोजिम हामी नेपाली, श्रमशक्ती विकासको बाटोबाट नेपाली समाजको आर्थिक-सामाजिक पद्दती फेर्ने “नयाँ खाले क्रान्ति”मा होमिने छौं !
आज वि. सं. २०७१ साल वैशाख १ गते, ‘नयाँ वर्षको सपना’को रुपमा म यही अपेक्षा गर्छु ।
स्वदेश र विदेशमा ज्याला रोजगारीका रहेका संपूर्ण नेपालीहरु तथा स्वदेशमा स्वरोजगारीमा रहेका श्रमजीवीहरू सहित सम्पूर्ण नेपालीहरुको सपना पुरा होस्; म यही कामना गर्दछु ।
नयाँ बर्ष वि. सं. २०७१ को हार्दिक शुभकामना !