January 7th, 2018
कमरेडहरु, साथीहरु
वर्ष २०१७ मा हामीले राज्यका तीनवटै निकायको निर्वाचन सम्पन्न गरयौं– अपेक्षित उपलव्धी सहित ।
यससंगै राजनीतिक संक्रमणकाल मूलतः अन्त्य भयो ।
हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै स्थायीत्व र समृद्धिको मार्गतिर अघि बढ्दै छौं।
यसैसाल नेपाली श्रमको संसारले लामो प्रतिक्षामा रहेको २ वटा कानूनहरु– योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नयाँ श्रम ऐन प्राप्त ग¥यो । श्रमिकको सुरक्षा र श्रम–सम्बन्धमा नयाँ सन्तुलन यसबर्षको अन्त्यसंग हुने भयो ।
वर्ष २०१७ हामी नेपालीकालागि साह्रै नै महत्वपूर्ण रह्यो । बर्ष २०१८ लाई हामी थुप्रै संभावना सहित स्वागत गर्दैछौं । सन् २०१८ मा बेलायतबाट पहिलो पटक गठन गरिएको ट्रेडयुनियनको १५० औं वर्ष र संयुक्त राष्ट्रसंघले मानवअधिकारको विश्वव्यापी घोषणा जारी गरेको ७० वर्ष पुग्दैछ । नेपालमा पनि पहिलो ट्रेडयुनियन आन्दोलन शुरु भएको वर्ष २०१७ बाट ७० बर्ष पुरा भएको छ ।
७० बर्षमा हामीले हासिल गरेको उपलव्धीको जगमा नयाँ प्रगतिको लागि वर्ष २०१८ लाई हामीले सदुपयोग गर्नु छ।
नयाँ वर्ष २०१८ को उपलक्षमा म समग्र ट्रेडयुनियन आन्दोलन र जिफण्टको तर्फबाट स्वदेस र विदेशमा कार्यरत संपूर्ण नेपाली श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नयाँ बर्ष २०१८ को हार्दिक शुभकामना !
https://youtu.be/do132n9xkwI