July 21st, 2024
धोकाको राजनीति गर्न त माओवादी केन्द्रका अध्यक्ष दाहालले नै सिकाएका हुन । रिमाल एमालेका उपमहासचिव विष्णु रिमालले धोकाको राजनीति गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै सिकाएको बताउनुभएको छ । आफुले धोका खानु अघि अन्य दलहरुले पटक पटक पाएको धोका स्मरण गर्न समेत अध्यक्ष दाहाललाई रिमालले आग्रह गर्नुभयो । राजनीतिक स्थायित्व र स्थिर सरकारक एवं संविधान सशोधनको ऐजेण्डा लिएर कंग्रेससंग सत्ता सहकार्य भएको रिमालको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै रिमालले माओवादीसंगको सहयात्रामा तत्काललाई ब्रेक लागेको बताउनुभयो ।