May 23rd, 2012
अमेरिकन फेडेरेशन अफ लेवोर एण्ड कङ्ग्रेस अफ इण्डष्ट्रियल अर्गनाइजेशन -एएफएल-सिआइओ अमेरिकाको ५७ वटा राष्ट्रिय संघहरुको महासंघ हो । सन् १९५५ मा अमेरिकन फेडेरेशनअफ लेवोर -ए एफ एल) र कङ्ग्रेस अफ इण्डष्ट्रियल अर्गनाइजेशन -सि आइ ओ वीचको एकीकरणबाट यसको निर्माण भएको हो । अमेरिका यूनियनहरुमा संगठित श्रमिकहरुको सङ्ख्या १ करोड ५४ लाख भन्दा बढी छन् । त्यसमध्ये १ करोड १५ लाख सदस्य यो महासंघमा आवद्ध छन् । यो संग आवद्ध “वर्किङ्ग अमेरिका” नामले चिनिने सामुदायिक संस्थामा मात्रै ३० लाख सदस्य संगठित छन् । यसमा शिक्षक र खानी मजदुर, दमकलमा काम गर्ने देखि खेतीमा काम गर्ने श्रमिक, बेकरीमा काम गर्नेदेखि इञ्जिनियर, पाइलट र सरकारी कर्मचारी, डाक्टर र नर्सहरु, पेन्टर-प्लम्बर सहित सबै खाले श्रमजीवीहरु आवद्ध छन् ।
पूर्ण पाठ को pdf फाइल डाउनलोड AFL-CIO in brief