“सारस जोडी”को विहे प्रसङ्ग जस्तै हाम्रो राजनीतिक सहमती
नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको छैटौं बैठकमा कमरेड केपी ओलीले एउटा कथा हाल्नु भयो । प्रसंग हाम्रो प्रिय ‘सहमतीय’ राजनीतिका लागि भएका प्रयत्नसंग सम्बन्धित थियो । हामी यो कथा सुनेर केही वेर हास्यौं र गंभीर भयौं । नेपाली राजनितिक पार्टीहरु, विशेष गरी एमाले र माओवादीके भुमिका ‘सारस र सारस्नी’को जस्तै देखिंदै छ । यस्तै मिनी भूमिका नेपाली कांग्रेसको पनि छ ।
धेरै वर्ष पहिले रुसको “वैकाल” तालको वारी-पारी २ जोडी सारस बस्थे । एक दिन ती दुवै जोडी माथि “दैव”को “टेड़ो नजर” परेछ, वारीको जोडीको भाले सारस मर्यो र पारीको पोथी । भाले सारसले निकै गम खाएर अव बा“की जीवन कसरी कटाउने भन्ने बारे जुक्ति निकाले छ– किन पारीकी ‘सारस्नी’ लाई विहे नगर्ने?! यो जुक्ति आउन साथ एकदिन भाले सारस भुर्रर उडेर अर्को किनारामा झोक्राई रहेकी सारस्नीलाई भेट्न गएछ र भनेछ– “हेर दैवको लिला कस्ले जान्दो रहेछ, नराम्रो भयो । तिम्रा प्रिय लोग्ने विते, मेरी प्यारी स्वास्नी † अब रोएर कराएर केही हुनेवाला छैन । बाचुञ्जेल हा“सेरै जीवन विताउनु असल हो, मनको बह कस्लाई पो पोख्नु† तर न तिम्रो दिल अड्याउने ठा“उ छ, न मेरो । किन हामी दुई विहे गरेर फेरी नया“ जीवन नथाल्ने…?!”
सारसले यत्ति के भन्न भ्याएको थियो सारस्नी आगो भई– “के ठानेका छौ ए पारीका सारस तिमीले? के म पटक पटक पोई खोज्ने पातर्नी हुँ? तिमी विना म बा“च्न सक्दिन भन्ने ठानेका छौ? जाउ, यहा“बाट भागी हाल, अव आइन्दा यस्ता प्रस्ताव लिएर मेरा सामु देखा नपर्नु…!”
सारस निराश भयो– “मैले नचाहिंदो त्यस्तो के भनें र ती सारस्नी जङ्गिएकी होलिन?!”
उसलाई साह्रै चित्त काट्टिएर आयो । बोझिलो मन बोकेर उ फर्कियो ।
केही दिन बिते । सारस्नीको सम्झनामा पटक पटक “राँडो” सारसको प्रस्ताव नाच्न थाल्यो । एक दिन उसको मनले भन्यो– “ज्या म पनि कस्ती? सारसले त्यस्तो के नहुने कुरो भनेको थियो र म रन्किएकी? हो त नी, उस्को स्वास्नी मरी– एक्लो सारसको जीवन चल्छ कसरी? अनि म नी? एक्लै को सित मन बहलाउनु?! गल्ति मेरै हो, यत्ति राम्रो प्रस्ताव नकार्ने । उ तयारै छ, किन मैले फेरी प्रस्ताव नराख्ने?”
भुर्रर उडेर एका बिहानै सारस्नी पारी किनारामा गई सारसलाई भेट्न । एका विहानै सारस्नीलाई देखेर सारस छक्क प¥यो र नम्रतापूर्वक सोध्यो– “किन आएकी? अस्तिको रिस अझै मरेको छैन?”
“म नै उस्ती†” सारस्नीले भनी– “मेरो मति विग्रेको† तपाईको त्यती राम्रो प्रस्तावलाई लत्याएं । हो त यत्ति लामो जीवन एक्ला एक्लै वित्ला कसरी† तपाईले त प्रस्तावै रख्नु भएको थियो– ठिकै छ, म तयार छु आउनोस् संगै घरजम गरौं!”
अब जङिगने पालो सारसको थियो । उ कड्कियो– “के ठानेकी छेउ ए विधवा सारस्नी? के म पटक पटक मत फेर्ने सारस हु“? त्यतिखेर भने, तिमीले मेरो उछित्तो काट्यौ । उहिलेको कुरा खुइलिए, अब हाम्रा विहेका कुरा पनि तुहिए । जाउ बाटो लाग– जसरी बा“च्न पर्छ बाँच !”
निरास सारस्नी फर्किई । २/४ दिन पछि ‘सारस’को मन फर्कियो र उ फेरी सारस्नीलाई प्रस्ताव राख्न पुग्यो । सारस्नी रिसाई, प्रस्ताव रद्द गरी दिई । सारस फर्कियो । फेरी केही दिनपछि सारस्नी गई ….।
यो क्रम केही समय चल्यो । सारस र सारस्नी दुवै बुढा भए र एक दिन मरे । उनीहरको नया“ घरजम गर्ने सपना कहिल्यै पुरा भएन ।
कमरेड ओलीले यो कथाको कपीराईट कमरेड वामदेवलाई दिनु भयो, जुन वामदेवले माओवादी नेताहरुसंग गोकर्ण बैठकको वेलामा चर्चा गर्नु भएको थियो रे !
हामी यो कथा सुनेर केही वेर हाँस्यौं र गंभीर भयौं । नेपाली राजनितिक पार्टीहरु, विशेष गरी एमाले र माओवादीके भुमिका ‘सारस र सारस्नी’को जस्तै देखिंदै छ । यस्तै मिनी भूमिका नेपाली कांग्रेसको पनि छ ।
के हाम्रा दलहरुले यो कथाबाट पाठ पाठ सिक्लान ?!
Comments :
Leave a comment
I like it.
lets learn from saras couple. hahaha
Comment by Shiva Lamichhane — February 27, 2011 @ 5:40 pm