December 4th, 2022
मेरो विश्लेषणमा, पुरानो गठबन्धनलाई जनताले ठ्याक्कै पुग्ने गरी बहुमत दिएनन् । शंका व्यक्त गरे । पत्याइने पार्टी एमाले र कांग्रेस नै रहेछन् । यी दुईबाहेक अन्य पार्टी खोजौं भन्नेले राष्ट्रिय स्वतन्त्र पार्टी रोजे । परम्परागत शक्तिको रूपमा राप्रपा पनि आयो । क्षय चाहिँ माओवादी र माधव नेपालजीको पार्टीमा भयो । माधव नेपालजीको पार्टीले राष्ट्रिय पार्टीको दर्जा पाउन मुश्किल देखिँदैछ । माओवादीले पहिले पाएको कुल सीटको आधा मात्रै अहिले प्राप्त गरेको छ । पूर्वी तराईमा सीके राउतको पार्टी रूचाइएको देखिन्छ । पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी रुचाइएको छ ।
लोकान्तर |अन्तर्वाता | उद्वव थापा | मंसिर १८, २०७९ | वामपन्थी समीकरणको मन्थन