June 13th, 2023
अहिले पनि नेपाली राजनीतिको प्रमुख दुई धार एमाले र काँग्रेस नै हो । दुई धार विचारका कारणले पनि हो र व्यबहारका कारणले पनि । यी दुई बीचको स्वस्थ प्रतिस्पर्धाबाट लोकतन्त्र ‘भाइब्रान्ट’ बन्छ, र यी दुई बीचको समझदारीबाट सत्ता र प्रतिपक्षको दायित्व पुरा हुन्छ । स्वतन्त्र दलहरुपनि राजनीतिको खेल मैदानमा छन्, अर्को धार बन्ने हो वा यी दुई मध्ये कुनै एकधारसँग सहकार्यमा रहने हो समयले बताउला ।समाजमा ‘होपलेसनेस’ बढ्दै छ । देशभित्र रहेकाहरुमा मात्रै हैन मुलुक बाहिर जान बाध्यहरुमा पनि त्यत्ति कै निराशा देखिन्छ । दलको रुपमा हाम्रो दायित्व आशाको सञ्चार गर्ने हो, त्यो कामबाटै हुन्छ । धेरै ढिलो भइसकेको छ, अब ‘इफ–बट’लाई स्पेश बाँकी छैन ।