bishnu@blog

May
13

BN° 031

“मलाई लाग्छ, देवताहरु पनि तानाशाही भए । जे मन लाग्छ त्यही गर्ने भए । अब देवताविरूद्ध पनि आन्दोलन गर्नुपर्छ । देवताहरु पनि अब परिवर्तन गर्नुपर्छ । प्राणीको भावना नवुझ्ने अहिलेका सबै देवताहरु अवकाश हुनुपर्छ । अहिलेको यमराजको त तुरून्तै मृत्यु हुनुपर्छ । यिनिहरूको कार्यकाल राम्रो भएन । पापीहरूलाई मात्र फलिफाप भयो । तस्कर, कालाबजारिया, भ्रष्टचारीको मात्रै राज भयो, देवताहरु यिनीहरूसंगै बिकेका छन् । मान्छेले राम्राराम्रा मन्दिर बनाईदिएका छन् । थुप्रोका थुप्रो भेटी चढाइदिएका छन् । लाखौं हज़ारौं वर्षदेखि यी देवताहरु सत्तामा बसेका छन् । त्यसैले यिनिहरूमा उन्माद चढेको छ । माया, ममता, करुणा भन्ने यिनिहरूमा केही छैन । अव यी देवताहरुलाई परिवर्तन गर्नुपर्छ । युवा र स्वच्छ छवि भएका देवताहरु खोज्नुपर्छ ।”

 

‘चिना हराएको मान्छे’ को पहिलो १० पेज पढ्दा मलाई पट्यार लाग्यो र ओछयानमा फ्याँकी दिए । भोलीपल्ट  २०९ पेजवाट पढ्न थालें- अलि चाख लाग्यो । त्यसपछि मैले ‘ब्याक-गियर’ लगाएर पढ्न थालें- क्रमश: २०४, २००, १९६ का च्याप्टर! केही घण्टामा मैले २२० पेज सकें र फेरी निरन्तर पढ्दै गएँ । २६९ पेजमा उल्लेखित-“अब मलाई ‘भगवान’ छैनन् भन्ने लागेको छ । यदी रहेछन् भने, हामीलाई रैती मान्ने । उनीहरु जमिन्दार रहेछन्, हामी कमैया । मलाई अव भगवानसंग ठुलो रिस छ ।मैले भगवानसंग वदला लिने कल्पना गरें ” देखिको माथिको अंश मलाई घत परेका हरफ मध्येको हो । फरक प्रसंगमा व्यक्त गरिएका भएपनि यी भावनाहरू, ‘मह-जोडी’का प्रहसनमा प्रस्तुत हुने विविध अर्थ लाग्ने ‘डाईलग’ जस्तै मलाई लाग्यो । १० पेज पढ्दा ‘झ्याऊ’ लागेको पुस्तक पढ्दै जाँदा ठाँउ-ठाँउमा आँसु नै आउने गरी म एक्लै हांसे, भने कतिठाँउमा मन वोझिलो भयो । हरिवंश जति चर्चित छन्, उनको जीवन पनि ‘घटनापुर्ण’ रहेछ । पुस्तक पढ्दै जाँदा कतिपय ठाउंमा हरिवंश केही पात्रहरुप्रति अलि बढी प्रभावित भएको जस्तो पनि लाग्यो, केही प्रसंगमा यिनले यो–यो पात्रलाई चर्चा गरेको भए राम्रो हुने थियो भन्ने पनि लाग्यो । Read More…

Posted in Personal Thoughts | No Comments »