bishnu@blog

Dec
31

BN° 028

सन् १९८४ को कुरा हो । म त्यतिखेर २२ वर्ष की थिएं । आफु तन्नेरी भएको महसुस गरी मैले आमा बाबुसंग विदा लिई परदेश भ्रमणमा जाने निर्णय गरें । सक्छेस् र? मेरी आमाले त्यतिखेर सोधेको प्रश्न अहिले पनि मेरो कानमा गुन्जिन्छ । मैले मनमनै भने– दुनियाँले नगरेको काम मैले गर्न खोजेकी हुँ र? त्यसपछि म महीनौं लामो भारत यात्रामा निस्किएं ।

 

त्यतिवेला अहिले जस्तो ई–मेल/ईन्टरनेट थिएन । अर्थात्, सञ्चार अहिले जस्तो सजिलो थिएन । म आफ्ना केही साथीहरुसंगै भारतको विभिन्न स्थानमा लोकल वस र ट्रेन हुँदै चाहारें । भारत विसाल छ, विविधतायुक्त । मैले धेरै अनुभव हासिल गरें तर ती मध्ये केही घटनाले भने मेरो जीवनमा साह्रै गहिरो छाप छोड्यो । म युवा महिला, भारतीइहरुको बोलीमा अङ्ग्रेजी मेम । जुन जुन लोकल ट्रेन र बस मैले चडें, प्रत्येक ठाँउमा पुरुषहरु जानी जानी मलाई असभ्य तरीकाले धक्का दिन्थे, शरीरलाई छुन्थे । मैले आफुमाथि भइरहेको दुर्वव्यहारको प्रतिकार गर्ने परिस्थिति नै रहेन । महिना वित्यो तर मेरो सिङ्गो बसाईमा यस्ता घटनाले निरन्तरता पाई नै रह्यो । शुरुमा थाहा नपाए जस्तो गरें, तर विस्तारै म मा एउटा बानी विकास भयो– जुन उमेरका पुरुष देखे पनि अर्को तिर हेर्ने वा मुण्टो निहुराई हिड्ने । पछि त यस्तो भयो की म अष्ट्रेलिया फर्किएपछि पनि भारतीय मुलका पुरुष देख्यो की टाउको निहुराएर हिड्ने भएँ । र, अहिले पनि झट्ट कोही भारतीय पुरुष देखियो भने मेरो शीर त्यसै की निहुरिन्छ– कि त अर्को तिर बटारिन्छ । Read More…

Posted in Personal Thoughts | No Comments »