“सारस जोडी”को विहे प्रसङ्ग जस्तै हाम्रो राजनीतिक सहमती
नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको छैटौं बैठकमा कमरेड केपी ओलीले एउटा कथा हाल्नु भयो । प्रसंग हाम्रो प्रिय ‘सहमतीय’ राजनीतिका लागि भएका प्रयत्नसंग सम्बन्धित थियो । हामी यो कथा सुनेर केही वेर हास्यौं र गंभीर भयौं । नेपाली राजनितिक पार्टीहरु, विशेष गरी एमाले र माओवादीके भुमिका ‘सारस र सारस्नी’को जस्तै देखिंदै छ । यस्तै मिनी भूमिका नेपाली कांग्रेसको पनि छ ।
धेरै वर्ष पहिले रुसको “वैकाल” तालको वारी-पारी २ जोडी सारस बस्थे । एक दिन ती दुवै जोडी माथि “दैव”को “टेड़ो नजर” परेछ, वारीको जोडीको भाले सारस मर्यो र पारीको पोथी । भाले सारसले निकै गम खाएर अव बा“की जीवन कसरी कटाउने भन्ने बारे जुक्ति निकाले छ– किन पारीकी ‘सारस्नी’ लाई विहे नगर्ने?! यो जुक्ति आउन साथ एकदिन भाले सारस भुर्रर उडेर अर्को किनारामा झोक्राई रहेकी सारस्नीलाई भेट्न गएछ र भनेछ– “हेर दैवको लिला कस्ले जान्दो रहेछ, नराम्रो भयो । तिम्रा प्रिय लोग्ने विते, मेरी प्यारी स्वास्नी † अब रोएर कराएर केही हुनेवाला छैन । बाचुञ्जेल हा“सेरै जीवन विताउनु असल हो, मनको बह कस्लाई पो पोख्नु† तर न तिम्रो दिल अड्याउने ठा“उ छ, न मेरो । किन हामी दुई विहे गरेर फेरी नया“ जीवन नथाल्ने…?!” Read More…